राजीनामापछि पाण्डेले भने–जति दिन मुख्यमन्त्री बने सन्तुष्ट बनेरै काम गरे
पाेखरा | चैत २१, २०८०
पोखरा: गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदबाट राजीनामा दिएका सुरेन्द्रराज पाण्डेले प्रदेशको मुख्यमन्त्री जति दिन भएपनि सन्तुष्ट बनेर काम गरेको बताएका छन् ।
बुधबार प्रदेशप्रमुख डिल्लीप्रसाद भट्टालई राजीनामा बुझाएपछि पत्रकारहरुसमक्ष बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘म वैशाखको १५ गते मुख्यमन्त्रीमा नियुक्त भएको हुँ । मुख्यमन्त्री नियुक्त हुँदा सरकारको तर्फबाट तीनवटा काम गर्नुपर्ने थियो, उनले भने, ‘मुख्यमन्त्री नियुक्त भएपछि सरकारको प्राथमिकता र सिद्धान्त, नीति तथा कार्यक्रम र वार्षिक बजेट ल्याए ।’
उनले गण्डकी प्रदेश सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २७ गतेसम्म सरकार बनाउने विषयमा सहभागी नहुने बताएका कारण विश्वासको मत नलिई राजीनामा दिएको स्पष्ट पारे ।
‘गण्डकी प्रदेश सरकारमा राप्रपा निर्णायक छ, उसको साथबिना कुनै पनि गठबन्धनले सरकार बनाउन सक्दैन’, उनले भने, ‘चैत २७ गतेसम्म राप्रपा सरकार बनाउने विषयमा सहभागी नहुने भएपछि मैले संवधानिक व्यवस्था अनुसार संसदबाट कि विश्वासको मत लिनुपथ्र्यो कि राजीनामा दिनुपथ्र्यो, मैले राजीनामा रोज्या हो ।’
मुख्यमन्त्री पदबाट राजीनामा दिएका उनले अब प्रदेश प्रमुखले चाँडै सरकार बनाउन आह्वान गर्न सुझाव दिएको बताए ।
यो पनि पढ्नुहोस
केन्द्रमा सत्ता गठबन्धन परिवर्तनभएपछि गण्डकीका मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट मन्त्री भएका दुई मन्त्रीलाई बर्खास्त गरेका थिए । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फागुन २३ गते फिर्ता दिएको थियो ।
माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि भोलि (बिहीबार) मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुपर्ने थियो । तर पाण्डेले विश्वास मत नलिई मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादीको सभामुखसहित ८, राप्रपाको २ र स्वतन्त्र चुनाव जितेका एक सांसद छन् ।
गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सांसदको आवश्यक पर्छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...


